• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

गुरुकुल एकेडेमी तुलसीपुरमा शुभकामना आदानप्रदान


दाङ, ३० चैत । 
नयाँ वर्ष विस २०८२ सालको पावन अवसरमा गुरुकुल एकेडेमी तुलसीपुरले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा महेन्द्र मावि तुलसीपुरका पूर्व प्रधानाध्यापक बिष्णु प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

त्यस अवसरमा प्रमुख अतिथि शर्माले विद्यालयलाई सफलतामा लैजानका लागि नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । उहाँले गुरुकुल एकेडेमी अब्बल शैक्षिक संस्थाको रुपमा परिचित रहेको बताउँदै आगामी दिनमा शैक्षिक उपलब्धिमा थप प्रगतिको कामना गर्नुभयो । उहाँले बालबालिकाको चौतर्फी विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी(वर्षात)ले गुरुकुलले संस्कारयुक्त जनशक्ति निर्माण गरिरहेको बताउनुभयो । उहाँले वडा नम्बर ६ मा दर्जनबढी निजि शैक्षिक संस्था रहेको बताउँदै गुरुकुलले भौतिक संरचनासंगै शिक्षण सिकाईमा फरक पद्धती अवलम्बन गरी अब्बल देखिएको बताउनुभयो । उहाँले अबको जनशक्ति सिपयुक्त जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै राप्ती बबई क्याम्पसका पूर्व प्रमुख महेश प्रसाद आचार्यले संस्कारयुक्त जनशक्ति उत्पादनमा गुरुकुल एकेडेमी अब्बल बन्दै गएको बताउनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले दक्ष र नैतिकवान जनशक्ति निर्माणमा गुरुकुल एकेडेमी अब्बल रहेको बताउनुभयो । 

कार्यक्रममा विद्यालयका शिक्षक योगेन तामाङले गित प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बासुदेव योगीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम

# स्थानीय

दाङ, १७ चैत ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम गरिएको छ । नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले

नयाँ सहकारी स्थापनाका लागि पूर्व सहकारी शिक्षा तालिम

# स्थानीय

दाङ, ५ भदौ ।  तुलसीपुर उपमहानगरपालिका–१६ जुरूटेमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले एकदिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ।

धमकापुरमा नयाँ सहकारी स्थापना लक्षित पूर्व सहकारी शिक्षा तालिम 

# स्थानीय

तुलसीपुर, ३१ बैशाख ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले आइतबार पूर्व सहकारी शिक्षा तालिम