• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच द्विपक्षीय सम्झौता


दाङ, २९ चैत । 
दाङको तुलसीपुर– ६ मा रहेको ज्ञानज्योती फाउण्डेशन र काठमाण्डौँमा रहेको इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) काठमाडौँबिच द्धिपक्षीय सम्झौता भएको छ । 

आज (शुक्रबार) एक कार्यक्रमका विच ज्ञानज्योती र आइएसटी कलेजविच हस्ताक्षर समेत गरिएको छ । ज्ञान ज्योती एजुकेशन फाउण्डेसनका सिइओ सुरेन्द्र जिसी र आइसटीका सिइओ नरेन्द्र बजा्रचार्याले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई सिपमुलक सेवा दिने उदेश्यले कलेजले उक्त सम्झौता गरेको हो । 

होटल म्यानेजमेन्ट विषय खाना पकाउने र खुवाउने विषयका रुपमा भन्दा जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्ने आइएसटीका सिइओ बज्राचार्याले बताउनुभयो । दैनिक जीवनका लागि आवश्यक सिप, ज्ञान, अनुशासन, सिष्टता र संस्कारको विकास समेत यस विषयबाटै हुने भएकाले यो आफैमा महत्वपूर्ण विषय भएको उहाँको भनाई छ । इन्टर्नसिपका लागि काठमाडौँमा पुगेका विद्यार्थीलाई कलेजले अर्न्तराष्ट्रीय स्तरका तारे होटेलहरुमा पठाउने बताउनुभयो ।

कलेज प्रमुख सम्झना बस्नेतले २ वर्ष अगाडीको परिकल्पना अनुसार आज ज्ञानज्योतीसंग सम्झौता भएको बताउनुभयो । उत्कृष्ट जीवनका लागि गरिएको लगानी खेर नजाने भन्दै आफ्नो सिकाइमा केन्द्रीत हुन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । ज्ञानज्योतीका विद्यार्थीहरुलाई आवश्यकता अनुसार आइसिटीले तालिमको समेत व्यवस्था गर्न तयार रहेको उहाँको भनाई छ ।

विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखेर विद्यालयले अर्न्तराष्ट्रीय स्तरको कलेजसंग सम्झौता गरेको फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो । कक्षा ११ र १२ मा अध्ययन गरी उच्च शिक्षाका लागि काठमाडौँ जाने विद्यार्थीहरुलाई आइसिटीले सम्झौता अनुसारको सेवा र सहयोग प्रदान गर्ने भएकाले विद्यार्थीहरुको लागि सुनौलो अवसर रहेको बताउनुभयो । विगत १४ वर्ष देखि कलेजले यस विषयमा अध्ययन अध्यापन गराउँदै आएको जिसीले जानकारी दिनुभयो । 

फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा वेष्टर्न पार्टी प्यालेस तुलसीपुरका म्यानेजर निर्मल न्यौपाने, तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष दिपेश भण्डारी लगायतकाले बोल्नुभएको हो । 

विद्यालयका एकाडेमिक कोडिनेटर सरद गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको  सहजिकरण विद्यालयका शिक्षक सन्तोस केसीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

विद्यालयको शिक्षा सुधारका लागि कार्यशाला गोष्ठी सम्पन्न

# शिक्षा

तुलसीपुर, २९ चैत ।  तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत हाम्रो पहुँच

हाम्रो पहुँच माविको वार्षिक नतिजा सार्वजनिक

# शिक्षा

दाङ, २५ चैत । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच माद्यामिक विद्यालयले २०८१ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

तुलसीपुरको नतिजा : तीन विद्यालय शून्य

# शिक्षा

तुलसीपुर, २३ चैत ।  दाङको तुलसीपुरमा सञ्चालित आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ ।