तुलसीपुरको नतिजा : तीन विद्यालय शून्य
तुलसीपुर, २३ चैत ।
दाङको तुलसीपुरमा सञ्चालित आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ । त्यस्तै, चार विद्यालयमा भने एक/एक जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार, तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोट, वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नंम्बर १० मा रहेको जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुतीर्ण भएका छन् ।
मावि प्रतापकोटबाट १९, मावि बेल्झुण्डीबाट १५ र जनजागृति माविबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
त्यस्तै, चारवटा विद्यालयमा एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । ती विद्यालयहरूमा सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम, र आधारभूत विद्यालय लोहाडबरा खौसापुर रहेका छन् ।
सृजनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए । तर, ती सबै विद्यालयबाट एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरीका विद्यार्थी रहेका छन् । यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८(९४.४४%) जना उत्तीर्ण भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएको १३ दिनपछि शिक्षा महाशाखाले नतिजा सार्वजनिक गरेको हो ।
ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच द्विपक्षीय सम्झौता
# शिक्षा
दाङ, २९ चैत । दाङको तुलसीपुर– ६ मा रहेको ज्ञानज्योती फाउण्डेशन र काठमाण्डौँमा रहेको इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी)
विद्यालयको शिक्षा सुधारका लागि कार्यशाला गोष्ठी सम्पन्न
# शिक्षा
तुलसीपुर, २९ चैत । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत हाम्रो पहुँच
हाम्रो पहुँच माविको वार्षिक नतिजा सार्वजनिक
# शिक्षा
दाङ, २५ चैत । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच माद्यामिक विद्यालयले २०८१ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

प्रतिकृया दिनुहोस