• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

विद्यालयको शिक्षा सुधारका लागि कार्यशाला गोष्ठी सम्पन्न


तुलसीपुर, २९ चैत । 
तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत हाम्रो पहुँच सेकेन्डरी स्कुलका शिक्षक र सञ्चालक समितिबिच कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

संस्थाको वार्षिक कार्यक्रमअनुसार विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने रणनीति तय गर्न कार्यशाला गोष्ठी आयोजना गरिएको हो । कार्यशालामा विद्यालयलाई थप परीस्कृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा कार्याशाला गोष्ठाी भएको हो । 

संस्थाका अध्यक्ष शुरक्रराज भण्डारीले न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनका लागि विद्यालय स्थापना गरिएको जानकारी बताउनुभयो । उहाँले विद्यालयमा सहकारीका शेयर सदस्यका साथै दैनिक ज्यालादारी गरेर घरखर्च चलाउने श्रमिकका छोराछोरीहरु अध्ययनरत रहेको बताउनुभयो । समुदायका नागरीकहरुको साथ सहयोगले विद्यालय यहाँसम्म आइपुगेको उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गदै आएको बताउँदै मानविय संस्कार सहितको शिक्षा प्रदान गरेको बताउनुभयो । आगामी दिनमा सिपमूलक शिक्षा थप गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुर्य प्रसाद शर्माले  हाम्रो पहुँच माविले अभिभावक र विद्यार्थीहरुको मनोभाव अनुसार शिक्षा प्रदान गदै आएको बताउनुभयो । उहाँले विद्यालयबाट बजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन भइरहेको दाबी गर्नुभयो । सूचना तालिम तथा अध्ययन उपसमितिका संयोजक जिवराज अधिकारीले विद्यार्थी संख्या बढाउँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । 

गोष्ठीमा सहायक प्रधानाध्यापक शिव पुन, शिक्षक चम्मन धिताल, शोभा पौडेल, अञ्जना रिजाल, इश्वरी पोखरेल लगायतकाले विद्यार्थीहरुमा पठन सस्कृतिको विकास गर्नका लागि आगामी दिनमा योजना बनायर जानुपर्नेमा जोड दिएका थिए । 

विद्यालयले गत वर्ष गरेका शैशिक्ष सत्रको गतिविधि र आगामी योजनाका बारेमा प्रधानाध्यापक डिआर भण्डारीले प्रतिवेदन प्रस्तु्‌त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच द्विपक्षीय सम्झौता

# शिक्षा

दाङ, २९ चैत ।  दाङको तुलसीपुर– ६ मा रहेको ज्ञानज्योती फाउण्डेशन र काठमाण्डौँमा रहेको इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी)

हाम्रो पहुँच माविको वार्षिक नतिजा सार्वजनिक

# शिक्षा

दाङ, २५ चैत । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच माद्यामिक विद्यालयले २०८१ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

तुलसीपुरको नतिजा : तीन विद्यालय शून्य

# शिक्षा

तुलसीपुर, २३ चैत ।  दाङको तुलसीपुरमा सञ्चालित आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ ।