• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

हाम्रो पहुँच माविको वार्षिक नतिजा सार्वजनिक


दाङ, २५ चैत ।
तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच माद्यामिक विद्यालयले २०८१ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकरी संस्था लिमिटेडद्धारा सञ्चालीत विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी नतिजा प्रकाशन गरेको हो । 

विद्यालयले २०८१ सालको परीक्षामा शतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको छ । विद्यालयले आज नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुको नतिजा प्रकाशन गरेको हो । प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरूलाई नगदसहित शैक्षिक सामग्री प्रदान गरेको छ । करिब एक लाख रुपैयाँ बराबरको पुरस्कार वितरण गरेको विद्यालयले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक दिपक विकले विद्यालयले उत्कृष्ट नतिजा ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले विद्यालयले विद्यार्थीहरूलाई शैद्धान्तिक मात्र नभई व्यावहारिक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । अर्का अभिभावक तिर्शना केसीले विद्यालयले गुणस्तरीय शिक्षा र नैतिक शिक्षामा जोड दिएकाले अभिभावकहरूको विश्वास जितेको बताउनुभयो । विद्यालयले अभिभावक र विद्यार्थीहरुलाई बोलायर नतिजा प्रकाशन गरेकोले विद्यार्थीहरुमा झनै उर्जा थपिएको उहाँको भनाई छ ।  

अन्तराष्ट्रिय स्कुल अर्वार्ड (आइ एस ए सन् २०२३) प्राप्त गर्न सफल, तथा इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्यान्डर्डाइजेसन (आईएसओ) सर्टिफाइड  विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गदै आएको छ । 

विद्यालयले विगतका वर्षहरुदेखि नै विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल भएको छ । आगामी दिनहरुमा अभिभावकहरुको साथ र सहयोगले अगाडी बढ्ने विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो । 

विद्यालयले उत्कृष्ट, गरिब, जेहेन्दार, अशक्त तथा विपन्न वर्गका बालबालिकालाई विभिन्न छात्रवृत्तिहरू उपलब्ध गराएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ९ सम्मका लागि सीमित सिटमा भर्ना सुरु भएकोे विद्यालयले जनाएको छ ।   साथै विद्यालयले सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयमा भर्ना भई शिक्षाको गुणस्तरीय अनुभव लिन आह्वान गरेको छ । विद्यालयमा हाल १ हजार चारसय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

शिक्षक लक्ष्मी घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण  सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

ज्ञानज्योती फाउण्डेशन र आइएसटी कलेजबीच द्विपक्षीय सम्झौता

# शिक्षा

दाङ, २९ चैत ।  दाङको तुलसीपुर– ६ मा रहेको ज्ञानज्योती फाउण्डेशन र काठमाण्डौँमा रहेको इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी)

विद्यालयको शिक्षा सुधारका लागि कार्यशाला गोष्ठी सम्पन्न

# शिक्षा

तुलसीपुर, २९ चैत ।  तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत हाम्रो पहुँच

तुलसीपुरको नतिजा : तीन विद्यालय शून्य

# शिक्षा

तुलसीपुर, २३ चैत ।  दाङको तुलसीपुरमा सञ्चालित आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ ।