गणतन्त्रको पक्षमा सत्तारूढ एमालेको तुलसीपुरमा जागरण अभियान
दाङ, १८ चैत ।
सत्तारूढ पार्टी नेकपा एमालेले आज सोमबार तुलसीपुरमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गरेको छ । राजावादीहरू सलबलाएको र गणतन्त्रविरूद्ध धावा बोलेको भन्दै एमालेले मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको हो ।
र्याली एमाले पार्टी कार्यालयबाट सुरु भएर बजार परिक्रमा गर्दै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा गणतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो ।
जिल्ला सचिवालय सदस्य मान बहादुर रावतले एमालेको केन्द्रिय सर्कुलर अनुसार संघिय लोकतान्त्रिक गनतन्त्रको पक्षमा आज दाङसहित देशव्यापी रुपमा जागरण अभियान गरेको बताउनुभयो ।
नागरीकहरुलाई सचेत गराउनको लागि यो अभियान गरेको उहाँको भनाई छ । कतिपय ठाँउमा राजतन्त्रको पक्षमा राजा आउ देश बचाउ भनेर नारा लगाउने गरेका छन् । त्यो नारालाई निस्तेज पार्नको लागि एमालेले अभियान सुरु गरेको बताउनुभयो ।
राजतन्त्रको पक्षमा नभएर सुधारीएको लोकतान्त्रिक गनतन्त्रको पक्षमा उभिन उहाँले अपिल गर्नुभएको छ ।
एमालेका जिल्ला सचिव सुर्य बहादुर डाँगी (श्याम) ले गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षधरहरूले आन्दोलनका नाममा अराजक गतिविधि गरेको बताउनुभयो । त्यसैको विरोध स्वरुप आज कार्यक्रम गरिएको डाँगीले बताउनुभयो । उहाँले एमालेले व्यवस्थाका पक्ष तथा संविधानको पक्षमा कहि कतै कमजोर हुने र एमालेले धावा बोल्न नदिने बताउनुभयो ।
देशमा आतंक फैलाउने कुरालाई समयमै निस्तेज पार्नुपर्ने बताउँदै उहाँले एमालेले समयमै संविधानको पक्षमा जागरण सभाा अभियान सुरु गरेको बताउनुभयो ।
कोणसभालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नरूलाल चौधरीले गणतन्त्रलाई संस्थागत रूपमा विकास गर्न सबै सचेत नागरिकको भूमिका रहेको बताउनुभयो । राजतन्त्रको औचित्य समाप्त भइसकेका बेला फेरि राजाले शासक बन्ने सपना देख्नु व्यवस्थाविरोधी कार्य भएको उहाँले बताउनुभयो ।
अहिले नेपालमा विधिको नभएर व्यक्तिको शासन भइरहेको टिप्पणी गर्नुभयो । उहाँले मुलुकलाई व्यक्तिको नभएर विधिको शासन आवश्यक रहेको बताउनुभयो ।
रास्वपाका सभापति लामिछाने कारागार चलान
# राजनिती
दाङ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही
रबिलाई आज अदालतमा उपस्थित गराउँदै
# राजनिती
रुपन्देही, २५ चैत । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई
दाङमा आइपुग्यो जनसम्बन्ध बिस्तार अभियान
# राजनिती
दाङ, २२ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज "जनसम्बन्ध बिस्तार अभियान " कार्यक्रम अन्तरगत केन्द्रीय चार

प्रतिकृया दिनुहोस