रबिलाई आज अदालतमा उपस्थित गराउँदै
रुपन्देही, २५ चैत ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।
उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उहाँलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।
सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको थियो । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिनुभएको थियो ।
तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उहाँ फेरि पक्राउ पर्नुभएको हो ।
रास्वपाका सभापति लामिछाने कारागार चलान
# राजनिती
दाङ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही
दाङमा आइपुग्यो जनसम्बन्ध बिस्तार अभियान
# राजनिती
दाङ, २२ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज "जनसम्बन्ध बिस्तार अभियान " कार्यक्रम अन्तरगत केन्द्रीय चार
राष्ट्रिय जनमोर्चाले गर्यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा
# राजनिती
दाङ, २२ चैत । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज शुक्रबार

प्रतिकृया दिनुहोस