• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

दाङमा आइपुग्यो जनसम्बन्ध बिस्तार अभियान

दाङ, २२ चैत ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज "जनसम्बन्ध बिस्तार अभियान " कार्यक्रम अन्तरगत केन्द्रीय चार नम्बर टोली पार्टीको स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीको नेतृत्वमा  दाङ आइपुगेको छ । बबई गाउँपालिका को हापुरे बजारमा केन्द्रीय टिमलाई भब्य स्वागत गरिएको थियो ।

सोही ठाउमा पार्टीले दाङको पहिलो कोणसभा गरेको छ । उक्त कोणसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीले मुलुक अहिले जर्जर अकस्थामा रहेको राष्ट्रिय राजनितीमा सङकट परेको , कुनै पनि समस्या यश ब्यबस्थाबाट पूरा हुन नसक्ने भन्दै देश पस्चगमन तर्फपनि फर्कन नसक्ने यथास्थितिमा पनि रहन नसक्ने भएकोले नयाँ बिकल्पमा जानुपर्ने बताउनुभयो ।  

अबको बिकल्प के हो ? भन्ने बिषयमा पार्टीको एकता राष्ट्रिय महाधिवेशनले पास गरेका कार्यनीति " नयाँ जनबादी क्रान्तिको खुडकिलो पारगर्दै बैज्ञानिक समाजबादी राज्य ब्यबस्था स्थापना " नै अहिलेको  बिकल्प हो भन्ने कुरा राख्नु भयो । 

अहिलेको परिस्थिति सृजना यिनै राजनीतिक दलका कारणले पस्चगमनहरु सल्बलाइरहेको कुरा राख्दै यो सँसदिय ब्यबस्थाले देश बर्बाद भएको बताउनु भयो ।

कार्यक्रमका अर्का वक्ता पार्टीको केन्द्रीय सदस्य तथा दाङ जिल्ला ईन्चार्ज हुकुम खडकाले मन्तब्य दिनु भएको थियो ।
कार्यक्रम सञ्चालन दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो । 

यसैगरी शान्तिनगर ५ रगैचामा केन्द्रीय सदस्य कमरेड धनेश्वर पोख्रेलले  दंगीशरण गाउपालिका मा केन्द्रीय बैकल्पिक सदस नवीन खडकाले सम्बोधन गरेका थिय । दाङमा तिनवटा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस

रास्वपाका सभापति लामिछाने कारागार चलान

# राजनिती

दाङ, २५ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही

रबिलाई आज अदालतमा उपस्थित गराउँदै

# राजनिती

रुपन्देही, २५ चैत ।   रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई

राष्ट्रिय जनमोर्चाले गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा

# राजनिती

दाङ, २२ चैत । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज शुक्रबार