• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

रास्वपाका सभापति लामिछाने कारागार चलान


दाङ, २५ चैत । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार लगिएको छ ।

जिल्ला अदालतमा पेस गरेर थुनुवा पूर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ परीक्षण गरिँदै छ । स्वास्थ परीक्षण सकिएपछि उनलाई कारगार भित्र राखिने जेलर सुरेश भण्डारीले बताउनुभयो ।

शुक्रबार राति काठमाडौंमा पक्राउ परेका लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

रबिलाई आज अदालतमा उपस्थित गराउँदै

# राजनिती

रुपन्देही, २५ चैत ।   रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई

दाङमा आइपुग्यो जनसम्बन्ध बिस्तार अभियान

# राजनिती

दाङ, २२ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज "जनसम्बन्ध बिस्तार अभियान " कार्यक्रम अन्तरगत केन्द्रीय चार

राष्ट्रिय जनमोर्चाले गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम घोषणा

# राजनिती

दाङ, २२ चैत । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज शुक्रबार