ज्ञानेन्द्र शाहलाई ७ लाख बढी जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
दाङ, १६ चैत ।
काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ । राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।
हिजो शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको १ लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेका १ लाख, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेका १ लाख, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेका १ लाख, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेका १ लाख, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेका १ लाख, दमकल तोडफोड १ लाख ३० हजार, तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेको ६३ हजार जरिवाना र क्षतिपूर्ति माग गरेको छ ।
पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
रास्वपाका सभापति लामिछाने कारागार चलान
# राजनिती
दाङ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही
रबिलाई आज अदालतमा उपस्थित गराउँदै
# राजनिती
रुपन्देही, २५ चैत । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई
दाङमा आइपुग्यो जनसम्बन्ध बिस्तार अभियान
# राजनिती
दाङ, २२ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज "जनसम्बन्ध बिस्तार अभियान " कार्यक्रम अन्तरगत केन्द्रीय चार

प्रतिकृया दिनुहोस