ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
दाङ, ५ असोज ।
दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर-४ का ३९ बर्षिय बिरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सर्वोच्च अदालत काठमाडौले २०७९ माघ १५ गते चौधरीलाई ज्यान मार्ने उद्योगमा ४ बर्ष ८ महिना २२ दिन कैद सजाय फैसला गरेको थियो ।
त्यसयता फरार रहेको चौधरीलाई खोजी गर्दै जाँदा बिहिबार गढवा गाउँपालिका वडा नम्बर ४ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
चौधरीलाई पक्राउ गरि दाङ देउखुरी जिल्ला अदालत घोराही बुझाइएको प्रहरीले जनाएको छ ।
क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम
# स्थानीय
दाङ, १७ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ क्वाङीमा पुर्व सहकारी शिक्षा तालिम गरिएको छ । नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले
नयाँ सहकारी स्थापनाका लागि पूर्व सहकारी शिक्षा तालिम
# स्थानीय
दाङ, ५ भदौ । तुलसीपुर उपमहानगरपालिका–१६ जुरूटेमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले एकदिने पूर्व सहकारी शिक्षा तालिम सम्पन्न भएको छ।
धमकापुरमा नयाँ सहकारी स्थापना लक्षित पूर्व सहकारी शिक्षा तालिम
# स्थानीय
तुलसीपुर, ३१ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ धमकापुरमा नयाँ सहकारी संस्था स्थापना गर्ने उद्देश्यले आइतबार पूर्व सहकारी शिक्षा तालिम

प्रतिकृया दिनुहोस