• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

कम्युनिस्ट पार्टीले सिद्धान्त लाई व्यवहारमा लागू गर्नु पर्छ शर्मा


दाङ, २३ भदौ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले कम्युनिस्ट पार्टीले सिद्धान्तलाई ब्यबहारमा लागू गराउन सक्नु पर्ने  बताउनुभयो  । ब्यवहारसंग मेल नखाने सिद्धान्त र राजनीति झुटको खेती मात्र हो । बुर्जुवा पाटीहरु राजनीति लाई झुट्को खेती बनाइराखेकाछ्न । मनमा एउटा सोच बोक्ने, जनतामा अर्को कुरा  गरेर भ्रम सृजना गर्ने राजनीतिका कारण राजनीतिक पार्टीहरु बदनामित भएको बताउनु भयो ।  

समाज लाई झुट होइन सत्यको बाटोमा हिडाउनको लागि राष्ट्रिय जनमोर्चालाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयोे । त्यसको लागि कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु जनताको मन मन मा बस्नु पर्ने, जनताको समस्यासंग जोडिनु पर्र्ने, आफुलाइ बुर्जुवा नेता जस्तो होइन जनताको सेबक जस्तो देखाउनु पर्ने बताउनु भयो ।  

आगामी असोज महिनामा राष्ट्रिय जनमोर्चाले संचालन गर्ने संगठन निर्माण अभियानको पुर्ब तयारीको रुपमा भएको भेलालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती शर्माले उक्त कुरा बताउनु भएको हो । 

राष्ट्रिय जनमोर्चाले  कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौ भन्ने मुल नारा सहित गत बैशाखमा उदघाटन गरेर आगामी बैशाख सम्म  नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक जयन्ती र लेनिन सताब्दी स्मृति दिबस मनाउदै आइरहेको छ । 

त्यस दौरानमा कलास, प्रशिक्षण, अध्ययन र रुपान्तरणलाई विशेष जोड दिइएको छ । कम्युनिस्ट आन्दोलन र बिचारमा स्खलन हुँदै गएको ले पार्टीले उक्त अभियान संचालन गरेको राष्ट्रिय जनमोर्चा जिल्ला सचिब बसन्तराज पौडेलले बताउनु भयो । 


राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको भेलामा आगामी असोज महिनाको एक महिने अभियानको बिस्तृत कार्यक्रम अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेलले प्रस्तुत गर्नु भएको होे । 

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य ,अखिल नेपाल जनजाति सम्मेलनला केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल युबक संघ केन्द्रिय उपाध्यक्ष चित्र एमसी, अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रिय सदस्य केसबराज खनाल, अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य लालबहादुर भण्डारी, जनप्रतिनिधिको तर्फ बाट राप्ती ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, प्रगतिशील पत्रकारसंघ केन्द्रिय सदस्य महेश रिजाल, अखिल नेपाल महिला संघ  राष्ट्रिय परिसद सदस्य कृष्णा राना, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर घर्तीले बोल्नुभएको हो ।

यस्तै अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल शिक्षक संघ जिल्ला सह सचिब उमकला खनाल, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेश कुमार पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सदस्य हरी थापा, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ जिल्ला सचीव ठाकुर प्रसाद भण्डारी, जातीय समता समाज जिल्ला सदस्य कमल बिक, अखिल छैठौं जिल्ला कोषाध्यक्ष सुनिता आचार्य लगायतले राष्ट्रिय जनमोर्चाको कार्यक्रमा सहयोग र ऐक्यबद्धता रहने बताएका हुन् । 

जिल्ला सचीव बसन्तराज पौडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिबालय सदस्य शुक्रराज भण्डारीले गर्नु भएको हो ।

प्रतिकृया दिनुहोस

रास्वपाका सभापति लामिछाने कारागार चलान

# राजनिती

दाङ, २५ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही

रबिलाई आज अदालतमा उपस्थित गराउँदै

# राजनिती

रुपन्देही, २५ चैत ।   रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई

दाङमा आइपुग्यो जनसम्बन्ध बिस्तार अभियान

# राजनिती

दाङ, २२ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज "जनसम्बन्ध बिस्तार अभियान " कार्यक्रम अन्तरगत केन्द्रीय चार