पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
दाङ, ३१ चैत ।
दाङको तुलसीपुरमा पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुरका ६५ वर्षका टंक बहादुर कवर योगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गत चैत २९ गते करिब सवा २ बजेतिर योगीले सोही ठाँउ बस्ने ५ वर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको भनि बालिकाको आमाले जाहेरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।
बालिकाको आमाले आरोपित योगीलाई कानून बमोजिम कारबाही गरी पाऊँ भनि शनिबार साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि योगीलाई पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
प्रहरीले योगीलाई खोजतलास गर्ने क्रममा शनिबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । आरोपित योगीलाई हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रबिलाई आज अदालतमा उपस्थित गराउँदै
# अपराध
रुपन्देही, २५ चैत । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई
सुन चोर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ
# अपराध
दाङ, १९ चैत । दाङमा सुन र चाँदी चोरी गर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले सुनचाँदी चोरी गर्ने घोराही उपमहानगरपालिका वडा
आगजनी र लुटपाटमा संलग्नमध्ये अहिलेसम्म १११ जना पक्राउ
# अपराध
काठमाडौँ, १७ चैत । काठमाण्डौको तीनकुनेमा शुक्रवार पूर्वराजाको समर्थकले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म एक सय ११

प्रतिकृया दिनुहोस