• ९ कार्तिक २०८३ शनिबार/ Saturday 10-24-2026

आगजनी र लुटपाटमा संलग्नमध्ये अहिलेसम्म १११ जना पक्राउ

काठमाडौँ, १७ चैत । काठमाण्डौको तीनकुनेमा शुक्रवार पूर्वराजाको समर्थकले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म एक सय ११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र उक्साउनेसहित एक सय ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार अस्ति शुक्रवार एक सय पाँच जना र हिजो छ जना पक्राउ परेका हुन् । शुक्रवारको प्रदर्शनमा दुई जनाको ज्यान जानुका साथै प्रहरी र प्रदर्शनकारीसहित एक सय २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ ।

विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ । प्रहरीको छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको र केही गाडी जलाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

# अपराध

दाङ, ३१ चैत । दाङको तुलसीपुरमा पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर

रबिलाई आज अदालतमा उपस्थित गराउँदै

# अपराध

रुपन्देही, २५ चैत ।   रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई

सुन चोर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ

# अपराध

दाङ, १९ चैत । दाङमा सुन र चाँदी चोरी गर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले सुनचाँदी चोरी गर्ने घोराही उपमहानगरपालिका वडा

↑