सुन चोर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ
दाङ, १९ चैत । दाङमा सुन र चाँदी चोरी गर्ने र चोरी गरेको सुन किन्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले सुनचाँदी चोरी गर्ने घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षिय शरद विश्वकर्मा र चोरी गरेको सुनचाँदी किन्ने घोराही–१४ सैनिकरोडमा रहेको जय मसिह सुनचाँदी उद्योगका संचालक ६५ वर्षिय गुणराज शाक्यलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विश्वकर्माले गत चैत ६ गते दिउँसो साढे १ बजेतिर घोराही उपमहानगरपालिका वडा नम्बर १५ एकता टोलका ३८ वर्षिय तेजकुमारी बुढाथोकीको चार आना तौल भएका २ वटा डल्ला, छ आना तौल भएको १ वटा र १ तोला ८ लाल भएको १ वटा डल्ला चोरी गरेको प्रहरीले जनाएको छ ।
यस्तै चाँदीको पाउजु १ जोर र हातमा लगाउने बाला १ जोर पनि चोरी गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
# अपराध
दाङ, ३१ चैत । दाङको तुलसीपुरमा पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर
रबिलाई आज अदालतमा उपस्थित गराउँदै
# अपराध
रुपन्देही, २५ चैत । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई
आगजनी र लुटपाटमा संलग्नमध्ये अहिलेसम्म १११ जना पक्राउ
# अपराध
काठमाडौँ, १७ चैत । काठमाण्डौको तीनकुनेमा शुक्रवार पूर्वराजाको समर्थकले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म एक सय ११

प्रतिकृया दिनुहोस