• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

चारदेशीय टी–२० शृङ्खलामा नेपाल कुवेतसँग ३ रनले पराजित


दाङ, ३१ चैत ।
चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ ।

कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १ सय ७१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाउनुभयो । नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए । कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिनुभयो ।

यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनायो । कुवेतका रविजा सान्दरुवानले ६३ रन बनाउनुभयो । नेपालका सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए । प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए ।

यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हरायो । हङकङले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रनमात्रै बनाउन सक्यो ।

प्रतिकृया दिनुहोस

चारदेशीय टी–२० आई सिरिजमा नेपालको दोस्रो जित, कुवेत ६ विकेटले पराजित

# खेलकुद

दाङ, २८ चैत ।  चारदेशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ

आगामी बैशाख ५ गतेदेखि लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने

# खेलकुद

लुम्बिनी, २८ चैत ।  लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि नेपालगञ्जमा सुरु हुने भएको छ

अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो

# खेलकुद

दाङ, २७ चैत ।  तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई