• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

चारदेशीय टी–२० आई सिरिजमा नेपालको दोस्रो जित, कुवेत ६ विकेटले पराजित


दाङ, २८ चैत । 
चारदेशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको शानदार अर्धशतकमा नेपाल ६ विकेटले विजयी भएको हो ।

कुवेतले नेपाललाई दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा विष्फोटक ब्याटिङ गरेका कुशलले २६ बलमा पाँच चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे भने आशिफ शेखले ३४ बलमा दुई चौका र चार छक्काको मद्दतमा अर्धशतक पूरा गरे। कुशल ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाएर आउट भए भने आशिफले ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५३ रन बनाउनुभयो ।


ओपनरद्वयले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे । नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले १२ बलमा दुई चौका र तीन छक्काको मद्दतमा ३१ रन बनाउनुभयो । कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहनुभयोे । ६ बलको सामना गरेका कुशल मल्ल भने चार रन बनाउँदा आउट हुनुभयो । १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका बलरविरुद्ध कुवेतले सुरुको पाँच ओभर आक्रामक ब्याटिङ गरेको थियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भासरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दारुवानले २६ रन जोडे । कुवेतले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा नन्दन यादवले दुई विकेट हात पार्नुभयोे । ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट हात पार्नुभयो । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरी महंगा सावित भएका थिए ।

चारदेशीय टी–२० आई सिरिजमा यो नेपालको दोस्रो जित हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतिकृया दिनुहोस

चारदेशीय टी–२० शृङ्खलामा नेपाल कुवेतसँग ३ रनले पराजित

# खेलकुद

दाङ, ३१ चैत । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ । कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य

आगामी बैशाख ५ गतेदेखि लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने

# खेलकुद

लुम्बिनी, २८ चैत ।  लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि नेपालगञ्जमा सुरु हुने भएको छ

अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो

# खेलकुद

दाङ, २७ चैत ।  तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई