• ९ कार्तिक २०८३ शनिबार/ Saturday 10-24-2026

अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई हरायो


दाङ, २७ चैत । 
तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई हराएको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई डीएलएस मेथडका आधारमा ८५ रनले हरायो ।

नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । वर्षाका कारण खेल शुरू हुने नसकेपछि नेपाल डीएलएस मेथडमा विजयी भएको हो ।

अफगानिस्तानका फैसल शिनोजादाले १६, अजिजुल्लाह मिया खिलले नटआउट १५ रन बनाउनुभयो । नेपालका अपराजित पौडेलले २ तथा दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले १/१ विकेट लिनुभयो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १ सय ९१ रन बनाउँदा अलआउट भयो । नेपालका साहिल पटेलले ४६, निरजकुमार यादवले ४२ रन बनाए । अफगानिस्तानका हफीज जाद्रनले ४ विकेट लिनुभयो ।

युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो ।

आउँदो आइतवारदेखि घरेलु मैदानमा हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।

प्रतिकृया दिनुहोस

चारदेशीय टी–२० शृङ्खलामा नेपाल कुवेतसँग ३ रनले पराजित

# खेलकुद

दाङ, ३१ चैत । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ । कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य

चारदेशीय टी–२० आई सिरिजमा नेपालको दोस्रो जित, कुवेत ६ विकेटले पराजित

# खेलकुद

दाङ, २८ चैत ।  चारदेशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ

आगामी बैशाख ५ गतेदेखि लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने

# खेलकुद

लुम्बिनी, २८ चैत ।  लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि नेपालगञ्जमा सुरु हुने भएको छ

↑