नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य
दाङ, २७ चैत ।
तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।
मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४ ओभर ५ बलमा १ सय ९१ रन बनाउँदा अलआउट भयो । नेपालका साहिल पटेलले ४६, निरजकुमार यादवले ४२ रन बनाउनुभयो । अफगानिस्तानका हफीज जाद्रनले ४ विकेट लिनुभयो ।
युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो ।
यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।
चारदेशीय टी–२० शृङ्खलामा नेपाल कुवेतसँग ३ रनले पराजित
# खेलकुद
दाङ, ३१ चैत । चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ । कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य
चारदेशीय टी–२० आई सिरिजमा नेपालको दोस्रो जित, कुवेत ६ विकेटले पराजित
# खेलकुद
दाङ, २८ चैत । चारदेशीय टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार बिहान कुवेतविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ
आगामी बैशाख ५ गतेदेखि लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने
# खेलकुद
लुम्बिनी, २८ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि नेपालगञ्जमा सुरु हुने भएको छ

प्रतिकृया दिनुहोस