तुलसीपुरमा कक्षा ८ को नतिजा गतवर्ष भन्दा झनै खस्कीयो
दाङ, २३ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षाको नतिजा गत वर्षको भन्दा खस्कीएको छ । आधारभूत तह अर्थात कक्षा ८ को नतिजा यो वर्ष संस्थागत र सामुदायिक विद्यालयको नतिजा गत वर्षको भन्दा यो वर्ष खस्कीएको पाइएको हो ।
संस्थागत विद्यालयमा गत वर्ष ९४ दशमलव १४ प्रतिशत विद्यार्थी उतिर्ण भएको यो वर्ष ८३ दशमलव २० प्रतिशत विद्यार्थी मात्रै उतिर्ण भएका छन् । सामुदायिक विद्यालयको नतिजा पनि यो वर्ष खस्कीएको छ । सामुदायिक विद्यालयमा गत वर्ष ४१ प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा यो वर्ष ३२ दशमलव ५७ प्रतिशत विद्यार्थी उतिर्ण भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।
यसवर्ष सामुदायिक विद्यालयका १ हजार ७ सय ९३ जना विद्यार्थी परिक्षामा सहभागी भएकामध्ये ५ सय ८४ जनामात्रै उतिर्ण भएका छन् । गत वर्ष सामुदायिक विद्यालयका १ हजार ८ सय ५५ विद्यार्थी परिक्षामा सहभागी भएकामध्ये ७ सय ५६ जना उतिर्ण भएका थिए ।
यो वर्ष संस्थागत विद्यालयबाट २ हजार ३ सय ५७ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा १ हजार ९ सय ६१ जनामात्रै उतिर्ण भएका छन् । शिक्षा महाशाखाका अनुसार संस्थागत र सामुदायीक गरी १ हजार ६०५ जना विद्यार्थी अनुतिर्ण भएका छन् । जसमा सामुदायिक तर्फ १ हजार २०९ र संस्थागततर्फ ३९६ जना विद्यार्थी रहेका छन् । चार वटा विषयसम्म लागेका विद्यार्थीहरु ग्रेडवृद्धि परिक्षामा सहभागीता जनाउन पाउने भएका छन् । ग्रेड वृद्धि परिक्षा बैशाख ७ गते देखि हुने शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।
यसैबिच नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ । तुलसीपुर–३ मा रहेको मावि प्रतापकोट, वडा नंम्बर १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नंम्बर १० मा रहेको जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुतीर्ण भएका छन् ।
मावि प्रतापकोटबाट १९, मावि बेल्झुण्डीबाट १५ र जनजागृति माविबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यस्तै, चारवटा विद्यालयमा एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम, र आधारभूत विद्यालय लोहाडबरा खौसापुरमा एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् ।
सृजनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए । यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरीका विद्यार्थी रहेका छन् । यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८ जना अर्थात ९४ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
तुलसीपुरका ३७ सामुदायिक र ५९ संस्थागत विद्यालयबाट विद्यार्थीले कक्षा ८ को वार्षिक परिक्षा दिएका हुन् । तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएको १३ दिनपछि शिक्षा महाशाखाले नतिजा सार्वजनिक गरेको हो ।
मातृ तथा शिशु मृत्युदर घटाउन लुम्बिनीमा अभियान सञ्चालन
# स्वास्थ्य
दाङ, २५ चैत । लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर
महिलाका लागि स्वास्थ्य शिबिर
# स्वास्थ्य
तुलसीपुर, १६ चैत्र। तुलसीपुर उपमहानगरपालिका १० नम्बर वडा गौरीगाउमा महिलाको प्रजनन सम्बन्धी २ दिने स्वास्थ्य शिबिर भएको छ । वडाद्वारा
दाङमा दुई वर्षको अवधिमा करिब नौं सय जना बालबालिकामा कडा खालको कुपोषण
# स्वास्थ्य
दाङ, १० फागुन । दाङमा दुई वर्षको अवधिमा करिब नौं सय जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । गर्भावस्थामा र जन्मेपछिको ५ वर्षसम्म उपयुक्त स्याहार,

प्रतिकृया दिनुहोस