महिलाका लागि स्वास्थ्य शिबिर
तुलसीपुर, १६ चैत्र।
तुलसीपुर उपमहानगरपालिका १० नम्बर वडा गौरीगाउमा महिलाको प्रजनन सम्बन्धी २ दिने स्वास्थ्य शिबिर भएको छ ।
वडाद्वारा निर्धारित बार्षिक कार्यक्रम अन्तर्गत बिनियोजन गरेको बजेटबाट दुईदिने शिबिर सञ्चालन गरिएको वडा अध्यक्ष यमराज केसीले बताउनुभयो ।
उहाँले वडाको बजेट कम भएपनि वडाभित्रका दिदी बहिनी तथा आमाहरूलाई थोरैभएपनि स्वास्थ्यमा राहत पुगोस भन्ने उद्देश्यले शिबिरको आयोजना गरिएको बताउनुभयो ।
वडा नम्बर १० को आयोजनामा भएको शिबिरमा २ सय २१ जना महिलाले सेवा लिनुका साथै नि:शुल्क अौषधी समेत वितरण गरिएको वडा सचिव चन्द्र कुमार डाँगीले बताउनुभयो ।
शिबिरमा स्त्रीरोग बिशेषज्ञ डाक्टर प्रमिला गुप्ताले पाठेघरको मुखमा लाग्ने क्यान्सर र स्तन क्यान्सरको लक्षणका बारेमा जानकारी दिनुभएको हो ।
यसैबिच दुईदिने शिविरको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । वडा अध्यक्ष केसीको अध्यक्षता तथा स्त्री रोग बिशेषज्ञ डाक्टर गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा सदस्य ज्ञान बहादुर खड्काको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा वडा सदस्यहरू भगवती धिताल, सरू सुनार, टरिगाउ स्वास्थ्य चौकी प्रमुख विना केसीलगाएतले बोल्नुभएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव डाँगीले गर्नुभएको हो ।
मातृ तथा शिशु मृत्युदर घटाउन लुम्बिनीमा अभियान सञ्चालन
# स्वास्थ्य
दाङ, २५ चैत । लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर
तुलसीपुरमा कक्षा ८ को नतिजा गतवर्ष भन्दा झनै खस्कीयो
# स्वास्थ्य
दाङ, २३ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षाको नतिजा गत वर्षको भन्दा खस्कीएको छ । आधारभूत तह अर्थात कक्षा ८ को नतिजा यो
दाङमा दुई वर्षको अवधिमा करिब नौं सय जना बालबालिकामा कडा खालको कुपोषण
# स्वास्थ्य
दाङ, १० फागुन । दाङमा दुई वर्षको अवधिमा करिब नौं सय जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । गर्भावस्थामा र जन्मेपछिको ५ वर्षसम्म उपयुक्त स्याहार,

प्रतिकृया दिनुहोस