दाङमा दुई वर्षको अवधिमा करिब नौं सय जना बालबालिकामा कडा खालको कुपोषण
दाङ, १० फागुन ।
दाङमा दुई वर्षको अवधिमा करिब नौं सय जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । गर्भावस्थामा र जन्मेपछिको ५ वर्षसम्म उपयुक्त स्याहार, पोषिलो खानेकुरा नखुवाउँदा बालबालिकामा कुपोषण देखिने गरेको हो ।
बालबालिकामा देखिने कुपोषण अन्त्यका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरूले प्रयास गरिरहेका छन् । तुलसीपुर–७ का स्वास्थ्य स्वयमसेविका इन्दीरा शर्माले गाँउघरमा आमाहरुलाई पोषणको बारेमा सिकाउने गरेको बताउनुभयो । उहाँले अहिले तुलसीपुर–७ को लालमटिया, घुसेरी, मोहनपुर र बम्नै टोलमा काम गर्दै आउनुभएको छ ।
कतिपय आमाहरूले आर्थिक अवस्थाकै कारण पोषिलो खाने कुरा खान नपाएको शर्माले बताउनुभयो । स्वास्थ्य संस्थामार्फत तौल लिएकोमध्ये तुलसीपुरमा आर्थिक वर्ष २०७९/८० मा ३ दशमलव ५ प्रतिशत र गत आर्थिक वर्ष २०८०/८१ मा २ दशमलव ६ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ ।
पालिकामा गत वर्षदेखि नै स्वास्थ्य चौकी र नगर अस्पतालमा अति शिघ्र कुपोषण भएका बालकालिकाहरूलाई भर्ना गर्नका लागि ओटिसी सेन्टर स्थापना गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म ५४ जना बालबालिका भर्ना भएकोमा २६ जना निको भएका छन् भने १९ जनाको उपचार भइरहेको छ ।
पछिल्लो समयमा खानपिनको मात्रा मिलाउन नजानेर बच्चाहरूमा कुपोषण देखिएको तुलसीपुरका जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताउनुभयो ।
दाङका बालबालिकामा कडा खालको कुपोषण घटाउन चुनौती देखिएको छ । बालबालिकाको पोषणको अवस्था सुधारमा स्थानीय पालिकालेसमेत विशेष ध्यान दिनुपर्ने देखिएको छ । स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर कुमार आचार्यले दाङका १० वटा स्थानीय तहमा २२ वटा कुपोषण बहिरङ्ग उपचार केन्द्रबाट सेवा दिइरहेको जानकारी दिनुभयो ।
दुई वर्षको अवधिमा ८ सय ९५ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले देखाएको छ ।
मातृ तथा शिशु मृत्युदर घटाउन लुम्बिनीमा अभियान सञ्चालन
# स्वास्थ्य
दाङ, २५ चैत । लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर घटाउन प्रदेश सरकारले अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेशमा मातृशिशु मृत्युदर
तुलसीपुरमा कक्षा ८ को नतिजा गतवर्ष भन्दा झनै खस्कीयो
# स्वास्थ्य
दाङ, २३ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षाको नतिजा गत वर्षको भन्दा खस्कीएको छ । आधारभूत तह अर्थात कक्षा ८ को नतिजा यो
महिलाका लागि स्वास्थ्य शिबिर
# स्वास्थ्य
तुलसीपुर, १६ चैत्र। तुलसीपुर उपमहानगरपालिका १० नम्बर वडा गौरीगाउमा महिलाको प्रजनन सम्बन्धी २ दिने स्वास्थ्य शिबिर भएको छ । वडाद्वारा

प्रतिकृया दिनुहोस