पर्खाईमा नेपाल आमा बोलको गीत सार्वजनिक
तुलसीपुर, १६ चैत ।
नेपालको परनिर्भर शासन व्यवस्थाले नेपाली जनतालाई भोगिरहेको पीडा र राष्ट्रियता सम्बन्धी चिन्तालाई उजागर गर्ने उद्देश्यले दाङका पत्रकार यज्ञ बहादुर बुढा मगरले नयाँ राष्ट्रिय गीत “पर्खाईमा नेपाल आमा” सार्वजनिक गर्नुभएको छ । ग्राफिक मिडिया स्टुडियो नाम भएको युट्युब च्यानलमा अपलोड गरिएको राष्टिय गीत शुक्रवार रिपोर्टस क्लब अफ तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीत सार्वजनिक गरीएको हो ।
गीतको शब्द रचना राप्ती पहिचानका डटकमका प्रकासक ऐग्य बहादुर बुढा मगरको रहेको छ । संगीत र लयमा शेर बहादुर डाँगीको योगदान छ । गीतमा नेपाली जनताको वर्तमान दुःख र परनिर्भर शासन व्यवस्थाको आलोचना गरिएको छ । जसले राष्ट्रका नागरिकलाई विपत्ति र असमर्थता झल्काएको छ ।
यस गीतमा नव–उदयमान गायिका रोजिना बस्नेतको सुमधुर स्वर रहेको छ । गीतमा अभिनय गर्ने कलाकारहरूको सूचीमा विजय मल्ल, भगवती महर, टंक मल्ल (सुशान्त मल्ल), पवित्रा के सी र ८६ वर्षीय टनिकला खत्री रहेका छन् । टनिकला खत्रीले गीतको भिडियोमा आमाको भूमिकामा अभिनय गर्दै आफ्नो भावनात्मक प्रतिक्रियासमेत व्यक्त गर्नुभएको छ । जसले गीतको विषयवस्तुलाई अझ प्रभावकारी बनाएको छ ।
गीतको छायांकन बिरु चौधरी र इडिटिङ सुशान्त मल्लले गर्नुभएको हो । रिपोर्टस क्लब अफ तुलसीपुरको अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा गायक शेर बहादुर डाँगीले गीतका बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा मगर, ईलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख महेश कुमार गुरुङ, प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष हेमन्त प्रकाश ओली लगायतको सहभागिता रहेको थियो ।
चलचित्र “द्रोपदी” आगामी चैत्र ८ गतेबाट देशभरमा प्रदर्शनमा आउने
# मनोरन्जन
दाङ, २९ फागुन । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी
बहुप्रतिक्षित चलचित्र ‘द्रौपदी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
# मनोरन्जन
दाङ, २४ फागुन । यसअघि सार्वजनिक गीत ‘कर्णाली काटौला’ तथा टिजरले दर्शकमाझ गज्जबको हाइपक्रेट गरेको फिल्म ‘द्रोपदी’को मर्मस्पर्शी ट्रेलर
पशुपति र हाउडे मायाको प्रस्तुतिमा झुमे दर्शक
# मनोरन्जन
दाङ, ९ फागुन। दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको

प्रतिकृया दिनुहोस