• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

चलचित्र “द्रोपदी” आगामी चैत्र ८ गतेबाट देशभरमा प्रदर्शनमा आउने


दाङ, २९ फागुन ।
कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी चैत्र ८ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म “द्रोपदी” चैत्र ८ बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार “द्रोपदी” ले कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको पीडालाई समेटेको छ ।

चलचित्र पत्रकार संघ दाङ शाखाले आज (बिहीबार) बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक आचार्यले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा चलचित्रका निर्माता तथा अभिनेता प्रकाश ज्ञवालीले ‘द्रोपदी’ कर्णालीको दुर्गम भेगको कला, संस्कृति, भाषा, परम्परा तथा त्यहाँको जनजीवनको पीडालाई उजागर गर्ने कथामा आधारित रहेको बताउनुभयो।

फिल्ममा नयाँ अनुहार मात्र नभई, बलियो सामाजिक सन्देश बोकेको कथावस्तु समेटिएको छ। चलचित्रले विशेष गरी कर्णालीको मौलिकतामा केन्द्रित रही त्यहाँको वास्तविकता चित्रण गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा चलचित्र निर्माता तथा निर्देशक ऋषिराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।फिल्ममा अभिनेता तथा गायक रवि ओड, अभिनेत्री सुजता तिमिल्सीना, अश्विनि शाही लगायतका कलाकारहरू मुख्य भूमिकामा देखिएका छन् ।

चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेश संयोजक शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दाङ शाखा सचिव निरला अर्याल गैरेले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

पर्खाईमा नेपाल आमा बोलको गीत सार्वजनिक

# मनोरन्जन

तुलसीपुर, १६ चैत । नेपालको परनिर्भर शासन व्यवस्थाले नेपाली जनतालाई भोगिरहेको पीडा र राष्ट्रियता सम्बन्धी चिन्तालाई उजागर गर्ने उद्देश्यले दाङका

बहुप्रतिक्षित चलचित्र ‘द्रौपदी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

# मनोरन्जन

दाङ, २४ फागुन । यसअघि सार्वजनिक गीत ‘कर्णाली काटौला’ तथा टिजरले दर्शकमाझ गज्जबको हाइपक्रेट गरेको फिल्म ‘द्रोपदी’को मर्मस्पर्शी ट्रेलर

पशुपति र हाउडे मायाको प्रस्तुतिमा झुमे दर्शक

# मनोरन्जन

दाङ, ९ फागुन। दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको