• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

बहुप्रतिक्षित चलचित्र ‘द्रौपदी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक


दाङ, २४ फागुन ।
यसअघि सार्वजनिक गीत ‘कर्णाली काटौला’ तथा टिजरले दर्शकमाझ गज्जबको हाइपक्रेट गरेको फिल्म ‘द्रोपदी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। आगामी चैत ८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने फिल्म वर्षकै प्रतिक्षित फिल्म मध्यको एक हो ।

ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’को शुक्रबार सार्वजनिक ट्रेलरले कर्णालीमा महिलाले भोग्नुपर्ने बुहार्तन, निःसन्तानको पीडा र शोषणको कथा समेटिएको छ । कर्णालीको सौन्दर्यमा लुकेको मानवीय संवेदनाको मर्म यसमा निहित छ ।

प्रदर्शन हुनुपूर्व नै विभिन्न विधामा अवार्ड जितिसकेको  फिल्म यस महिना जर्मनीको अनलाइन फिल्म फेस्टिभल ‘प्याराडाइज’मा छनोट भएको छ । फिल्ममा ऋषिराज आचार्य,आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिस्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगाएतका कलाकारको अभिनय रहेको छ ।

अनिल महर्जनको दृश्य सपादन, सौरभ शर्माको पार्श्वसंगीत, मोहनकुमार झिल्लुको छायांकन छ ।  आरबी मूभिजमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छन् । निर्मातामा ऋषिराज र प्रकाश ज्ञवाली छन् ।

प्रतिकृया दिनुहोस

पर्खाईमा नेपाल आमा बोलको गीत सार्वजनिक

# मनोरन्जन

तुलसीपुर, १६ चैत । नेपालको परनिर्भर शासन व्यवस्थाले नेपाली जनतालाई भोगिरहेको पीडा र राष्ट्रियता सम्बन्धी चिन्तालाई उजागर गर्ने उद्देश्यले दाङका

चलचित्र “द्रोपदी” आगामी चैत्र ८ गतेबाट देशभरमा प्रदर्शनमा आउने

# मनोरन्जन

दाङ, २९ फागुन । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी

पशुपति र हाउडे मायाको प्रस्तुतिमा झुमे दर्शक

# मनोरन्जन

दाङ, ९ फागुन। दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन भइरहेको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको