लिग भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
दमौली, २१ पुस । तनहुँको बन्दीपुर केबलकारको लिग भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ ।
शनिबार दुई नम्बर पोलसँगैको लिग भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।
डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।
केबलकारको मर्मतको काम भइरहेको छ ।
बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले भने केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताउनुभयो ।
केबलकार सेवा बन्द भए पनि स्काइ साइक्लिङ, जिपलाइन र रेस्टुरेन्ट सेवा भने नियमित रूपमा सञ्चालनमा छन् ।
वाईफाई नेपालले सुरु गर्यो लमहीमा पनि आफ्नो सेवा विस्तार
# प्रबिधि
दाङ, २ कात्तिक । नेपालकै सवैभन्दा सस्तो ईन्टरनेट सेवा प्रदायक कम्पनी दावी गर्ने ‘वाई-फाई नेपाल’ ले अहिले सेवा विस्तारमा अग्रसर भएको छ । गत असोज
तुलसीपुरमा सफ्टवेयर काण्ड : खरिद नगरी ७ लाखभन्दा बढी भुक्तानी
# प्रबिधि
दाङ, २५ भदौ । तुलसीपुर उपमहानगरपालिकाले सफ्टवेयर खरिद नै नगरी भुक्तानी गरेको रहस्य बाहिरिएको छ । पालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र
तुलसीपुरमा ४१ लाखको प्रविधि सफ्टवेयर खरिद विवादमा
# प्रबिधि
दाङ, २० भदौ । तुलसीपुर उपमहानगरपालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र सफ्टवेयर खरिदका लागि ४१ लाख छुट्याइयो । तर कार्यपालिका सदस्यलाई पठाएको

प्रतिकृया दिनुहोस