वाईफाई नेपालले सुरु गर्यो लमहीमा पनि आफ्नो सेवा विस्तार
दाङ, २ कात्तिक ।
नेपालकै सवैभन्दा सस्तो ईन्टरनेट सेवा प्रदायक कम्पनी दावी गर्ने ‘वाई-फाई नेपाल’ ले अहिले सेवा विस्तारमा अग्रसर भएको छ । गत असोज १७ गते दाङको तुलसीपुरमा शाखा उत्घाटन गरेको कम्पनीले हिजो विहिबार लमहीमा एक कार्यक्रमका विच लमही शाखाको उत्घाटन गरेको हो ।
सबै नेपालीलाई सहुलियतपूणर् इन्टरनेट पहुँचमा पुर्याउने उद्देश्यसहित देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेजका साथ लमहीमा शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ । हाललाई नेपालभर ८० वढी शाखा विस्तार गरेको कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ । दाङ जिल्लामा वाईफाई नेपालले घोराही,तुलसीपुर,लमही पछि अब हापुरेमा समेत सेवा विस्तार गरी दाङबासी लाई सहुलियत रुपमा इन्टरनेट सेवा प्रदान गर्ने तयारी भैरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्रुधन पन्जियारले बताउनुभयो ।
इन्टरनेट स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला यो कम्पनीले सबैभन्दा सस्तो प्याकेज सहित दाङको लमही शाखा वाट लमही,भालुवाङ,नर्ती,गढवा,रिहार लगायत देउखुरी उपत्यकाभर आफ्नो सेवा उपलब्ध गराईरहेको वाईफाई नेपालका दाङ इन्चार्ज सन्दिप लामिछानेले बताउनुभयो ।
कम्पनीका अनुसार वाईफाई-नेपालले अहिले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराईरहेको छ । यी दुवै प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । ‘इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा सेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ प्रमुख कार्यकारी अधिकृत पन्जियारले भन्नुभयो, ‘यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।’ तर आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पुर्याउन सहयोग पुग्ने पन्जियारको भनाई छ ।
कम्पनीका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, छ महिना वा १३ महिना र २४ महिना को प्याकेज जडान गर्न सक्नेछन । हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । मूल्यसँगै गुणस्तरमा पनि स्तरीय बन्नका लागि पछिल्लो २/३ वर्षदेखि गृहकार्य गरीरहेको दाङ जिल्ला इन्चार्ज सन्दिप लामिछानेले बताउनुभयो । कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यी प्याकेज उत्तिकै उपयोगी हुने र सबैको पहुँचमा इन्टरनेट पुर्याउनको लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास रहेको वाईफाइ नेपाल तुलसीपुर शाखाका नवराज घिमिरेले वताउनुभयो ।
इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरु घोषणा गर्ने तयारी गरेको कम्पनीका तुलसीपुर शाखा इन्चार्ज प्रकाश वुढाथोकीले जानकारी दिनुभएको छ ।
लिग भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
# प्रबिधि
दमौली, २१ पुस । तनहुँको बन्दीपुर केबलकारको लिग भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ । शनिबार दुई नम्बर पोलसँगैको लिग भाँचिएर तारसँगै एउटा डिब्बा
तुलसीपुरमा सफ्टवेयर काण्ड : खरिद नगरी ७ लाखभन्दा बढी भुक्तानी
# प्रबिधि
दाङ, २५ भदौ । तुलसीपुर उपमहानगरपालिकाले सफ्टवेयर खरिद नै नगरी भुक्तानी गरेको रहस्य बाहिरिएको छ । पालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र
तुलसीपुरमा ४१ लाखको प्रविधि सफ्टवेयर खरिद विवादमा
# प्रबिधि
दाङ, २० भदौ । तुलसीपुर उपमहानगरपालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र सफ्टवेयर खरिदका लागि ४१ लाख छुट्याइयो । तर कार्यपालिका सदस्यलाई पठाएको

प्रतिकृया दिनुहोस