• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

तुलसीपुरमा सफ्टवेयर काण्ड : खरिद नगरी ७ लाखभन्दा बढी भुक्तानी

दाङ, २५ भदौ ।

तुलसीपुर उपमहानगरपालिकाले सफ्टवेयर खरिद नै नगरी भुक्तानी गरेको रहस्य बाहिरिएको  छ ।

पालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र सफ्टवेयर खरिदका लागि छुट्याइएको ४१ लाख रकममध्ये दुईवटा शीर्षकमा खरिद गरिएका सफट्वेयर हालसम्म सम्बन्धित शाखामा जडान भएका छैनन् तर भुक्तानी भने असारमै गरेको पाइएको छ ।


कार्यपालिकामा झुक्याएर निर्णय गराइएको प्रविधि र सफ्टवेयर खरिदमध्ये योजना व्यवस्थापन तथा सूचना प्रणाली र न्यायीक समिति सफ्टवेयर इनिष्टल नहुँदै भुक्तानी गरिएको हो । योजना तथा बजेट शाखाका लागि  सफ्टवेयर खरिद भ्याटसहित ४ लाख ९५ हजार ५ सय ५ रूपैयाँ  र कानुनी शाखाको लागि न्यायीक समिति सफ्टवेयर २ लाख ९७ हजार १ सय ९० रूपैयाँमा खरिद भएको रेडियो हाम्रो पहुँचलाई उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

यसरी दुई शीर्षकमा टुक्रा पारेर कोटेशनमार्फत  कुल ७ लाख ९२ हजार ६ सय ९५ रूपैयाँ पालिकाले असारमै भुक्तानी गरिसकेको छ। खरिद भएका सफ्टवेयरबारे सम्बन्धित शाखाका कर्मचारी नै अनविज्ञ छन् । कानुनी मामिला शाखा प्रमुख लक्ष्मी रानाले सफ्टवेयर जडानबारे पूर्णरूपमा जानकार नभएको बताउनुभयो । यो शाखाले न्यायीक समितका कार्यहरूलाई सहजीकरण गर्दै आएको छ ।

न्यायीक समितिका कामलाई सहज बनाउनका लागि पालिकाले चालू आवदेखि कार्यान्वयनमा ल्याउने गरी खरिद गरेको बताए पनि हालसम्म अनलाइनमा एकरदुई पटक डेमो मात्रै सिकेको शाखा प्रमुख रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘हामिले तत्काल सफ्टवेयर सञ्चालन गर्दिन हिजो पनि खबर गरेका छौं । कम्प्युटरमा तपाइँले भनेजस्तो इन्स्टिल भएको चाहिँ छैन, हामीलाई चाहीने कुराहरू राख्न भनेका छौं, केही दिनमा होला ।’

यस्तै तुलसीपुर उपमहानगरपालिका  योजना तथा बजेट शाखा प्रमुख टेकबहादुर खड्काले पनि अहिले डेमो सिकिरहेको बताउनुभयो । दुई दिन अनलाइनमार्फत मसहित दुईजना कर्मचारीले सिकेका छौं ।

उहाँले भन्नुभयो- ‘असार मसान्तको अन्त्यतिर सफ्टवेयर कम्पनीबाट प्रक्रिया सिकाउनका लागि समय माग गरेका थिए तर मसान्तमा कामको चाप बढी भएकाले भ्याइएन मैले साउनको पहिलो सातामै तपाईहरू भौतिक रूपमा उपस्थित भएर सिकाउनुपर्छ भनेको हुँ तर प्राबिधिकहरू आएनन् । हाल फोन सम्पर्क भइरहेको र यही हप्ता प्राविधिकहरू आएर सफ्टवेयरबारे सिकाउने कुरा भएको शाखा प्रमुख खड्काले जानकारी दिनुभयो ।


पछिल्लो समय तलसीपुर उपमहानगरपालिका एकपछि अर्को समस्याको जालोमा फस्दै गएको छ भने नेतृत्व तहमा निरिहपना देखिएको छ । फलस्वरूप महिनौंदेखि कार्यपालिका बैठकसमेत बस्न सकेको छैन ।

कार्यपालिका बैठक भएका निर्णय वडाध्यक्ष र कार्यपालिका सदस्यलेसमेत थाहा नपाउनु,आर्थिक वर्षको अन्त्यमा एउटै शीर्षकमा खरिद गर्न सकिने सामाग्री खरिदमा बजेट टुक्र्याएर कोटेशन आह्वान गरिनु, खरिद गरिएको सफ्टवेयर उपलब्ध नहुँदै भुक्तानी गर्नुलगायतका गतिविधिले तुलसीपुरको सुशासनलाई मजाक बनाएको छ भने भ्रष्टाचारको गन्धसमेत आउन थालेको नागरिकहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस

लिग भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

# प्रबिधि

दमौली, २१ पुस । तनहुँको बन्दीपुर केबलकारको लिग भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ । शनिबार दुई नम्बर पोलसँगैको लिग भाँचिएर तारसँगै एउटा डिब्बा

वाईफाई नेपालले सुरु गर्यो लमहीमा पनि आफ्नो सेवा विस्तार

# प्रबिधि

दाङ, २ कात्तिक ।  नेपालकै सवैभन्दा सस्तो ईन्टरनेट सेवा प्रदायक कम्पनी दावी गर्ने ‘वाई-फाई नेपाल’ ले अहिले सेवा विस्तारमा अग्रसर भएको छ । गत असोज

तुलसीपुरमा ४१ लाखको प्रविधि सफ्टवेयर खरिद विवादमा

# प्रबिधि

दाङ, २० भदौ । तुलसीपुर उपमहानगरपालिकाको २३ औं कार्यपालिका बैठकबाट प्रविधि र सफ्टवेयर खरिदका लागि ४१ लाख छुट्याइयो । तर कार्यपालिका सदस्यलाई पठाएको