• १२ भदौ २०८३ बिहीबार/ Thursday 8-27-2026

कपुरकोटमा १३ जोडीलाई विवाहका लागि अनुमति


दाङ, २३ जेठ ।
सल्यानको कपुरकोट गाउँपालिकामा विवाहका लागि १३ जोडीले वडाबाट सिफारिस लिएका छन् । बालविवाह न्यूनीकणका लागि गाउँपालिकाले अघि सारेको विवाहपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियमलाई पालना गरी १३ जोडीले विवाहका लागि सिफारिस लिएका हुन् । 

गाउँकार्यपालिकाले ०७९ माघ २७ गने विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम बनाएपछि फागुन १५ गतेदेखि यो नियम लागु भएको हो । विवाहका लागि विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा गएपछि वडा कार्यालयले निःशुल्करुपमा विवाहको लागि सिफारिस गर्ने गरेको छ । 

विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा आएपछि सिफारिस उपलब्ध गराइने कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्काले बताउनुभयो । 

गाउँपालिकाभित्र बढ्दै गएको बालविवाहलाई रोक्ने लक्ष्यका साथ उमेर पुगेर विवाह गर्दा पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । 

गएको वर्ष पुस महिनामा गरिएको घरधुरी सर्वेक्षणमा पालिकाभित्र तीन सय ४६ जनाले बालविवाह गरेको तथ्यांक रहेको छ । 

यस्तै स्वास्थ्य शाखाका अनुसार यसै वर्ष गर्भवती जाँचमा आएकामध्ये १८ वर्षमुनिका २५ जना र २० वर्षमुनिका ४० जना रहेका छन् । विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य गरेपछि पालिकाभरबाट १३ जोडीले विवाहको सिफारिस लिएका छन् भने छ वटा बालविवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

विद्यालयको शिक्षा सुधारका लागि कार्यशाला गोष्ठी सम्पन्न

# समाज

तुलसीपुर, २९ चैत ।  तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत हाम्रो पहुँच

एकसय बढी जेष्ठ नागरिकलाई सम्मान 

# समाज

दाङ, २७ चैत ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर एकले एकसय बढी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाले आज बुधबार तुलसीपुर–१ कुमालगाँउको

चैत्र शुक्ल अष्टमी आज चैते दशैँ

# समाज

दाङ, २३ चैत ।  प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा